धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् ।






यसअघि डोटी जिल्ला पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको भएपनि गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेको थियो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुनः प्रदेशमा दोहरीन भनेकाले भट्ट प्रदेशसभा सदस्यमा फेरि दाहरिन लागेको बताइएको छ ।





नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रतिनिधिसभाको प्रत्यक्षमा लड्ने तर पार्टीको भागमा प्रतिनिधिसभा सदस्य नपरे समानुपातिकमा नबस्ने बताएका थिए ।
तर अहिले गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि पार्टी नेतृत्वले फेरि प्रदेश सभाका लागि तयारी गर्न भनेको ति नेताले बताए । २०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए ।




