झोलुङ्गे पुलबाट खसेर पुरुषको मृत्यु

धनगढी- झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने मोहना नदीको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पुलबाट खसेर धनगढी उपमहानगरपालिका वडा नं. १३ बस्ने ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको हो । आइतबार दिउँसो पुलबाट खसेका उनको स्थानीयले उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...