अत्तरिया – कैलालीको अत्तरियामा उपासना ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । लामो समयदेखि अत्तरियामा संचालनमा रहेको उपासना ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टन नयाँ ठाउँमा नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो ।
दक्ष अनुभवि सौन्दर्यकर्मीबाट हेयर स्टायल ट्रेनिङ, मेकअप ट्रेनिङ, सेल्फ मेकअप, केराटिन, फेसियल, नयल आर्ट, मसाजका सेवा लगायतका ट्रेनिङको व्यवस्था सहित पार्लर संचालनमा ल्याएको संचालिका भावना भट्टले बताइन् ।

सुविधा सम्पन्न ब्युटी तथा ट्रेनिङ सेन्टरमा ब्युटिसियन सेमिनार तथा ट्रेनिङहरु सहित विवाह तथा अन्य सौन्दर्य सम्बन्धिका लागि विशेष प्याकेज रहेको उनले बताइन्। दशैं तिहारमा सेवाग्राहीलाई सेवामा विशेष छुट समेत रहेको जनाइएको छ । आइतबार फुलपातीका दिन एक कार्यक्रमका बिच उक्त ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको हो ।
