अत्तरिया- नेकपा एमाले चुरे गाउँपालिका कमिटीद्वारा पार्टी प्रवेश तथा विजया दशमी, शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले एक आपसमा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको हो ।


त्यसैगरी पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि सयौं जनाले नेकपा एमालेमा प्रवेश गरेको जनाइएको छ ।

नेकपा एमाले गाउँकमिटी अध्यक्ष चक्र बहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रमका केन्द्रिय कमिटी सचिवालय सदस्य तथा सुप इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी केन्द्रिय पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, केन्द्रिय सल्लाकार परिषद सदस्य डिल्लीराज भट्ट, केन्द्रिय सल्लाहकार परिषद सदस्य हरिशंकर योगी रहेका थिए ।

त्यसैगरी प्रदेश कमिटी सचिवालय सदस्यहरुमा हरि सिंह साउद, कृष्ण राज सुवेदी, दामोदर रिजाल, किसन सिंह साउद (बिशाल), भान सिंह बिक, प्रदेश कमिटी सदस्यहरुमा रबेन्द्र बहादुर राना, धन बहादुर रोका, हरी सापकोटा, खम्ब बुढा, कैलाली जिल्ला कमिटी कार्यभार अध्यक्ष दुर्गा प्रसाद जोशी, कैलाली जिल्ला कमिटी कार्यभार सचिव डेजी पाण्डे, कैलाली जिल्ला कमिटी कार्यभार उपसचिव लोकेन्द्र साही, कैलाली जिल्ला कमिटी कार्यभार सचिवालय सदय विर बहादुर साउद, जिल्ला कमिटी कार्यभार सचिवालय सदय छिमलाल जोशी, हितेश ओझा, सचिवालय जिल्ला कमिटी सदस्य शर्मानन्द भट्ट, कैलाली जिल्ला कमिटी सदस्य गणेश जिमी साउँद, प्रेम साउँद, नर बहादुर तामाङ्ग, पूर्व जिल्ला कमिटी सदस्य योगेन्द्र सिंह, पुस्पराज भट्ट, गोदावरी नगर अध्यक्ष गोकणर् भट्ट, सचिव जिवन शाह, पुर्व जिल्ला कमिटी सदस्यहरु शुरत बिष्ट, दान बहादुर महरा, टेक बहादुर शाह लगायतको सहभागिता रहेको थियो ।
नेकपाएमालेका गाउँ कमिटि सचिवालय सदस्य हिक्मत भाटले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन हर्क बहादुर धामीले गरेका थिए ।
