धनगढी- कैलालीमा चरी बाघको बच्चा फेला परेको छ । गौरीगङ्गा नगरपालिका –७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा फेला परेको हो । फेला परेको सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पुर्याएको छ ।




उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीमा कार्यरत रेन्जर रामऔतार चौधरीले जानकारी दिए ।


‘तत्काललाई त्यो बच्चा त्यहीँ रहन्छ’ उनले भने, ‘पछि वनमा पनि छोड्न सकिन्छ ।’ भेटिएको चरी बाघ अल्पवयस्क अवस्थाको रहेको विज्ञ करन शाहले बताए।
नेपालमा चरी बाघ सामान्य मानिए पनि संरक्षणको प्राथमिकतामा परेको प्रजाति रहेको उनको भनाइ छ । कैलालीको घोडाघोडी सिमसार क्षेत्र, बसन्ता कोरिडोर क्षेत्रमा चरी बाघ पाइने गरेका छन् ।




