नेपाल सुपर लिगको सम्पन्न फाइनल खेलमा को-को खेलाडी उत्कृष्ट बने

एनएसएल सम्पन्न फाइनल खेलमा उत्कृष्ट फरवार्ड अन्जन, उत्कृष्ट गोलकिपर किरण घोषित

काठमाडौं, १ जेठ- अन्जन विष्ट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड घोषित भएका छन् । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो। तेस्रो भएको ललितपुर सिटी एफसीका कप्तान तथा मार्की प्लेअर अन्जन उत्कृष्ट फरवार्ड बने । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।

Dadeldhura hospital

त्यसैगरी काठमाडौंलाई च्याम्पियन बनाउन फाइनलमा निणर्ायक गोल गरेका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउ उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् । उनले यो लिगमा ९ खेल खेल्दै सर्वाधिक ८ गोल गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी फाइनलमा पराजित भएपनि धनगढीका कप्तान तथा आइकोनिक प्लेअर किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिए । धनगढीकै दिनेश राजवंशी उत्कृष्ट डिफेण्डर घोषित भए । च्याम्पियन काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक चयन भए । यसैगरी काठमाडौंकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेअर घोषित भए । उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले १-१ लाख प्राप्त गरे भने विश्वासले ५० हजार पाए । त्यसैगरी चौथो बनेको बुटवल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड पाएका छन् ।

एनएसएलको विजेता र उत्कृष्टहरु पुरस्कारसहित
एनएसएलको विजेता भएको काठमाडौं रेजर्सले ३५ लाख प्राप्त गरेको छ । त्यसैगरी उपविजेता धनगढी एफसीले १५ लाख, उत्कृष्ट फरवार्ड ललितपुर सिटीका अन्जन विष्टले १ लाख, उत्कृष्ट मिडफिल्डर काठमाडौं रेजर्सका मेसोउके ओलोमोउले १ लाख, उत्कृष्ट डिफेण्डर धनगढी एफसीका दिनेश राजवंशीले १ लाख, उत्कृष्ट गोलकिपर धनगढी एफसी किरण कुमार लिम्बुले १ लाख, उत्कृष्ट प्रशिक्षक काठमाडौं रेजर्सका बालगोपाल महर्जनले १ लाख, इमर्जिङ प्लेअर काठमाडौं रेजर्सका विश्वास श्रेष्ठले ५० हजार र फेयर प्ले अवार्डबाट बुटवल लुम्बिनी एफसी सम्मानित भएका छन् ।

Loading...