

प्रकाशबहादुर बोहरा


अत्तरिया- अनेरास्ववियुको ऐतिहासिक चुरे गाउँ सम्मेलन शनिबार चुरेमा सम्पन्न भएको छ । कैलालीको चुरेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चुरे गाउँ कमिटी कैलालीको आयोजनामा देशभरिका प्रगतिशिल, देशभक्त तथा जनवादी बिद्यार्थीहरु एकजुट होऔं भन्ने मुल नाराका साथ गाउँ सम्मेलन सम्पन्न भएको हो ।



अनेरास्ववियु सुदूरपश्चिम सदस्य लक्ष्मण साँउदको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी राना प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी नेकपा एमाले केन्द्रिय सल्लाकार परिषदका सदस्य डिल्लीराज भट्ट र हरीशंकर योगी रहनु भएको थियो । त्यस्तै सुदूरपश्चिम कमिटी सचिवालय सदस्य कृष्णराज सुवेदी, किसन सिह साउँद, हरि सापकोटा, जिल्ला का.अध्यक्ष दुर्गा प्रसाद जोशी, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज भिष्म सुवेदी, अनेरास्ववियु जिल्ला अध्यक्ष किशोर शाह, एमाले नेता जिल्ला कमिटी सदस्य गणेश जिमी साउँद, टेक बुढा, प्रेम साउद, नर बहादुर तामाङ्ग लगायत जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो । अनेरास्ववियु जिल्ला सचिवालय सदस्य गणेश नाथ योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नरेशनाथ योगीले गरेका थिए ।

अनेरास्ववियु जिल्ला सदस्य योगीले स्वागत मन्तव्य दिँदै चुरेका बिद्यार्थीहरूले गरिबीका कारण बिद्यालय छोडनु पर्ने अवस्थालाई अन्त्य गर्ने छ । तपाई हाम्रो उमेर भनेको घर मात्र नभएर देशकालागी पनि केही गर्ने बेला आएको उनले बताए । तपाईले गरेका राम्रा र नराम्रा काम गर्दा अनेरास्ववियुको नाम आउने भएकोले राम्रा कार्यलाई अगाडि बढ्नु पर्ने लगायतका बिद्यार्थी संगठन किन आवश्यक छ भन्ने कुरा समेत प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानाले अनेरास्ववियु त्यो हो जसले प्रगति गर्न चाहन्छ, समान गर्ने, सबैको हकहितका लागि लड्ने अनेरास्ववियु हो । सरकार सरकार जस्तो न्यायालय न्यायालय जस्तो नरेको बताए । हामीले चाहेको सरकार सबैको हितमा सोच्ने सरकारको खांचो रहेको उनले औल्याए ।
‘मंसिर ४ गतेको निर्वाचन एकदमै आवश्यक रहेको छ ।’ उनले भने, ‘हामी सबै नेपाली हरूका लगी यो एकदमै आवश्यकताको बिषय रहेको छ ।’ नेपालमा नभएको भुमि लिपियाधुरा र कालापानीलाई फिर्ता ल्याउने काम हाम्रो नेकपा एमाले पार्टीले गरेको रानाले बताए । पढाइका साथै राजनितीको यात्रालाई पनि संगसंगै लग्नु पर्ने रानाले बताए ।

त्यस्तै अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले शिक्षासंग जोडीएका सम्पूर्ण कुराहरू बढी ध्यान दिएर सुन्नु पर्ने बताए । ‘अनेरास्ववियुले देशको भविष्य सुधार गर्न शिक्षा सिकाउने हो ।’ उनले भने, ‘हामिले आफ्नो संकृतीलाई पनि चिनाउनु पर्ने हुन्छ । आज देखि अनेरास्ववियुमा बाधिनेहरूले के सहि हो के गलत हो त्यो छुठ्याउनु पर्ने हुन्छ ।’ ‘बिद्यार्थी भाईबहिने कितावी अध्ययन मात्र नभएर बाहिरी कृषि, संकृतीहरू लायतका क्रियाकलापहरु लिएर अगाडि बढ्नु होला ।’ तपाईहरूको गरिबी भएको सिफारिस ल्याउनु हामी पढ्ने ब्यवस्था मिलाउन हामी तयार रहने उनले बताए । शिक्षामा बढी पहुँच बढाउन समेत अनुरोध गरेका थिए ।
त्यस्तै अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चाज भीष्म सुवेदीले नेताले जसलाई टीका लगाई दियो त्यो नै अधि बढ्दै गएको छ अब भने बिद्यार्थी साथीहरूबाट अनेरास्ववियुले छनौट गर्ने छ । यो देशको शिक्षित बर्ग भनेका बिद्यार्थीहरू हुन । अनेरास्ववियुले एउटा सिंदुरको भरमा नागरिकता दिनुहुन्न भन्ने पक्षमा रहेको बताए । आगामी नेततृत्व अनेरास्ववियुले लिने छ भन्नेमा आफु बिश्वस्त रहेको बताए ।


त्यस्तै चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले एकेता, संगठन नभएको खण्डमा जसले पनि टोडन सक्छ । तपाईको हक अधिकारको लागी अगाडि लाग्नु पर्ने बताए । शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर शिक्षाको अवधारणा ल्याएको बताए । गाउँपालिकाले असहाय, टुहुरा अपाङ बालबालीकाहरूलाई सम्पूणर् खर्च सहित व्यवस्था गरेको समेत उनले बताए । कृषिलाई आधुनिकिकरण गरेर अगाडि बढ्न सिक्ने भन्ने हेतुले औजार लगायत सम्पूणर् उपकर दिने गरेको बताए ।

त्यस्तै सुदूरपश्चिम कमिटी सचिवालय सदस्य किसन सिह साउदले थोरै आर्थिक समस्याले पढाईबाट वन्चित हुनेहरूलाई पढाइको व्यवस्था गरिने बताए । संगठन बिस्तारका क्रममा तपाईहरू जिल्ला हुँदै सम्पूणर् ठाउँमा प्रतिनिधित्व लिन सक्ने हुनुपर्ने बताए ।

त्यस्तै सुदूरपश्चिम कमिटी सचिवालय सदस्य कृष्णराज सुवेदीले अनेरास्ववियु भनेको दिनदुखी, गरिब असहायलाई पढाईका साथसाथै राम्रो कामको सम्मान र नराम्रो कामको बिरोध गर्नु पर्ने बताए । यही ठाउँका बिद्यार्थीहरू कृषि बिज्ञ लगायता हुन सक्ने बताए । अनेरास्ववियुले तपाईहरूबाट नै सक्षम प्रतिनिधि छनौट गर्ने बिश्वास आफुले लिएको बताए ।

त्यस्तै नेकपा एमाले केन्द्रिय सल्लाकार परिषदका सदस्य हरि शंकर योगीले देश दुनियाँ परिवर्तन गर्नको लागि शिक्षालाई बढी महत्त्व दिनु पर्ने बताए । आधुनिकतामा जानू पर्ने बताए ।

त्यस्तै नेकपा एमाले केन्द्रिय सल्लाकार परिषदका सदस्य डील्लीराज भट्टले यो बिद्यार्थी संगठन देशको महत्वपूणर् तमाम बिद्यार्थीहरूको संगठन रहेको बताए । ‘अन्याय र अत्याचार लगायत विद्यार्थीहरुको हकहितका लागि बोल्ने संगठन हो ।’ उनले भने, ‘यो बिज्ञान रोजेको संगठन भएकोले यो कहिल्यै फेल हुदैन । यो जमातबाट कोही कृषि बिज्ञ, डक्टर, इन्जिनियर आदी बन्न सक्नु हुनेछ ।’ जसले सम्पूणर्लाई एक बनाउन कदम चाल्न अनेरास्ववियुले छनौट गर्नुहुन्छ भन्ने कुरामा बिस्वस्थ रहेको बताए । ‘संगठनमा निरन्तरता र आचरणहरू शुद्ध बनाएर जानु पर्ने छ ।’ उनले भने, ‘जिवनशैली पनि पवित्र हुन सके हामी सफल हुनेछौ।’

त्यस्तै लक्ष्मण साउदले अनेरास्ववियुलाई सक्रिय रूपमा अगाडि बढाउनु पर्ने बताए । चुरे यस्तो भौगोलिक अवस्था कमजोर भएका कारण यसको सुधार हुनुपर्ने देखिएको उनले बताए । ‘शिक्षामा गुणस्तर शिक्षा ल्याउनुपर्ने देखिन्छ ।’ उनले भने, ‘शिक्षाको गुणस्तर बढाउन अनेरास्ववियुले मुख्य भुमिका खेल्ने छ ।’ अनेरास्ववियुले गलत कुराको खबरदारी गर्ने उनले बताए ।
विद्यार्थीको हक अधिकारका लागि आवाज उठाउने नेता संगठनको रुपमा बि.स २०२२ सालमा स्थापित भएको थियो ।

त्यस्तै कार्यक्रममा चुरे गाउँपालिकाका बिभिन्न बिद्यालयका क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस्तै विद्यार्थीहरुको हक अधिकारका लागि आवाज उठाउने नेता संगठनको रुपमा चुरेमा अनेरास्ववियुले आफ्नो २५ सदस्सीय कमिटी गठन गरेको छ । जसको अध्यक्षमा ओम प्रकाश आचार्य चयन भएका छन् । उपाध्यक्षमा नबिन बोहरा, दुर्गा क्षेडाल चयन भएका छन् भने कोषाध्यक्षमा दिपिका साउँद, सचिवमा दिपेन्द्र कलेल र उपसचिवमा गोरख धामी चयन भएका छन् ।
सदस्यहरुमा नरेश बोहरा, नरेश धामी, ललित धामी, सन्तोश धामी, कविता बोहरा, भावना देवकोटा, हरिप्रसाद आचार्य,विर बहादुर बिष्ट, टेकेन्द्र घतीमगर, गंगा उपाध्याय, उमा थापा, निर्मला राना, हुकुम कलेल, गणेश साउद, बिक्रम साउद, धना मैनी, पवित्रा साउद र गंगा उपाध्याय सहित १९ जना सदस्य रहेका छन् । कैलालीको चुरे गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।