

प्रकाशबहादुर बाेहरा
अत्तरिया- फल्टुडे बगैचुला लिफ्टटिङ खानेपानी उपभोक्ता सरसफाइ समितिले खानेपानी महसुस कार्ड बितरण कार्य सुरू गरिएकाे छ ।


फल्टुडे, बगैचुला, गडी, बयला लगायतका क्षेत्रका स्थानीय घरधुरीहरूलाई खानेपानी महशुल कार्ड बितरण गरिएकाे हाे । जस अन्तरगत फल्टुडेबाट खानेपानी महशुल कार्ड ४० घरधुरीलाई बितरण गरिएको छ । बिगतका दिनहरूमा ४/५ किलोमिटर टाढाकाे खाेलाबाट पानी ल्याएर गुजारा गरि रहेका थिए । स्थानिय वासिन्दाहरू बिगतमा खानेपानीको समस्याबाट ग्रष्त रहेका बासिन्दाले खानेपानी पाएका हुन् । खानेपानी आफ्नै घरदैलाेमा पाउँदा स्थानीयहरूले खुशी व्यक्त गरेका छन्।



संघिय, प्रदेश र स्थानीय सरकारकाे लागतमा खानेपानीको व्यवस्थापन गरिएकाे छ उक्त खानेपानी याेजना झन्डै १३ सय मिटर तलबाट सहरि उर्जाबाट लिफ्टीङ गरि ल्याईएकाे उपभोक्ता सरसफाइ समितिका अध्यक्ष किशन सिंह साउद (बिशाल) ले बताए ।

उक्त कार्य बितरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद लगायत समितिका कार्यसमितिहरूकाे सहभागीता रहेकाे थियाे ।
त्यसैगरी बांकी रहेका घरधुरीलाई पनि निरन्तर बितरण गरीनुका साथै निर्माण गर्न बांकी रहेका संरचनाहरू यसै आर्थिक बर्ष भित्र सम्पन्न गरि सक्ने अध्यक्ष साउदले बताए ।