अनेरास्ववियुको ऐतिहासिक चुरे सम्मेलन हुँदै

अत्तरीया- अनेरास्ववियुको ऐतिहासिक चुरे गाउँ सम्मेलन असोज ८ गते शनिबार हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चुरे गाउँ कमिटी कैलालीको आयोजनामा चुरे गाउँपालीका घरखेडामा उक्त कार्यक्रम हुने भएको हो ।

बि.स २०२२ सालमा स्थापित भएको अनेरास्ववियुले विद्यार्थीका हक अधिकारका लागि आवाज उठाउदै आइरहेको नेता संगठन अनेरास्ववियुले चुरेका विद्यार्थीको समस्याहरु र अधिकारका लागि अब चुरे गाउँ सम्मेलन गर्न लागेको हो । यस भन्दा अगाडी असोज ३ गते अत्तरियामा गोदावरी नगर कमिटी सभा सम्मेलन सम्पन्न गरेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शिक्षामा भैरहेको बेथिति रोक्नकालाई, अन्यायमा परेका विद्यार्थीको न्यायका लागि आवाज उठाउने संगठन अनेरास्ववियुले भव्य सम्मेलन गर्न लागेको हो । उक्त सम्मेलनमा चुरे भित्रका माध्यमीक तहका करिब ३०० विद्यार्थीको उपस्थित रहने जनाइएको छ ।
उक्त कार्यक्रम बिहान १० बजे देखि हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले जनाएको छ ।

कार्यक्रम व्यवस्थापन गणेश नाथ योगी अनेरास्ववियु कैलाली जिल्ला सचिवालय सदस्यले गर्ने छन् । भने कार्यक्रम संयोजकमा अनेरास्ववियु सुदुरपश्मि प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर साउँद रहेका छन् ।

Loading...