

अत्तरिया- कैलालीको अत्तरिया प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन भएको छ । बिहीबार अत्तरिया जुनियर जेसिज २०२२ ले आयोजना गरेको प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार सम्बन्धि तालीम सम्पन्न सम्पन गरेको हो । उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो ।






कार्यक्रममा अत्तरिया जेसिजका अध्यक्ष जेसि हर्क कडायत, प्रशिक्षक नवराज जोशी, सुदूरपशिचम सामुदायिक अस्पतालका प्रतिनिधिहरु, स्वास्थकर्मी अत्तरिया रेडक्रस सोसाइटी लगायतको सहभागिता रहेको थियो ।