दशैँको मुखमा दोब्बर भाडा

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडी र यातायात व्यवसायीको बैठकले जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको भए पनि पाटन–पञ्चेश्वर सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको मेलौलीसम्म २५० रुपियाँ भाडा कायम गरिएको भए पनि जिप चालकले पाँच सय रुपियाँ असुल गर्ने गरेका यात्रुले गुनासो गरेका हुन्। जिपले व्यवसायीले टिकटसमेत नदिने गरेको सर्वसाधारणको गुनासो छ।

Dadeldhura hospital

तोकिएको भाडादरमा जान नसकिने भन्दै जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ। यात्रा गर्नुअघि नै जिप चालकले पाँच सय रुपियाँ दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले भाडादर कार्यान्वयन भएरनभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने बताए । उनले भने,‘यातायात व्यवसायीसँग बैठक बसेर नै जिल्लाभित्रको भाडादर कायम गरिएको हो। भाडादर मान्दैनौ भन्ने कुरा कहाँबाट आयो ? अनुगमनका क्रममा दोब्बर भाडा लिएको पाइएमा कारबाही गर्छौं ।’

Loading...