


धनगढी- धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन् । कैलाली कारागार कैलाली पछाडि धनगढी उपमहानगरपालिका–स्थित कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत फेला परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए ।अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत फेला परेको जोशीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

