थप ९१ जनामा कोरोना संक्रमण

काठमाडौँ- देशभर थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

७५ जनाको पिसिआर र १६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। एक सय ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। अहिले देशभर एक हजार सात सय ५० जना सक्रिय स‌ंक्रमित छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...