थ्रीडिभियल सहकारीले बार्षिक साधारण सभा तथा बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रस सम्पन्न

अत्तरिया- थ्रीडिभियल बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी नगरपालिका वडा नं २ मा अवस्थीत सहकारीले सोमबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Navadurga sun

कार्यक्रम संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नगर सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथीमा नगर शिक्षक अध्यक्ष तपराज ओझा रहेका थिए भने अतिथीहरुमा सामाजिक व्यक्तित्व पे्रे रोकाया, राप्रपाका अध्यक्ष दुर्गा पोख्रेल, प्रध्यापक हरि सिंह बोहरा, नरेश बहादुर बिक लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथी रहनु भएका जोशीले २०७९ बैशाख १२ गते विधिवत रुपमा थ्रीडिभियल बहुउद्देश्य सहकारी संस्था लिमिटेड गोदावरी नगरपालिकामा दर्ता भएको बताए । यो थोरै समयमा लगभग ३ लाख ३० हजार ५ सय शेयर पूजी रहेको बताए । बहुउद्देश्य भन्ने वित्तिकै यसले धेरै कामहरु गर्न सक्ने समेत बताए ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष दिपक ओझाले हाम्रा सबै साथीहरुको सहयोगले हामिहरु आज यो स्थानसम्म पुग्न सफल भएको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...