सरकारसँग छलफल गर्न डा केसीका तर्फबाट चार सदस्यीय वार्ता टोली गठन

धनगढी– स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट वार्ता टोली गठन भएको छ। डाक्टर केसीका मागबारे सरकारसँग छलफल गर्न चार सदस्यीय वार्ता टोली गठन भएको हो।

डाक्टर केसीको तर्फबाट वार्ता टोलीमा डाक्टर जीवन थापा, डाक्टर लिक्जन महर्जन, अधिवक्ता ओमप्रकाश अर्याल र प्रितम सुवेदी रहेको धनगढीमा डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैसीले बताए।

Navadurga sun

डाक्टर जैसीका अनुसार शनिबार नै पहिलो चरणको वार्ता काठमाडौंमा हुने तय भएको छ। डाक्टर केसीको स्वास्थ्यमा भने थप समस्या देखिएको बताइएको छ। धनगढीको सेती अस्पतालमा भर्ना गरिएका डाक्टर केसीको अनशनको शनिबार ६ दिन पुगेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...