धनगढी उपमहानगरमा आजदेखि सुर्ती र प्लास्टिक निषेध

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी बजारसहित नगर क्षेत्रमा सुर्ती र प्लास्टिक बिक्री, वितरणमा रोक लगाएको छ।चालु आर्थिक वर्षलाई ‘सरसफाइ वर्ष’ का रूपमा मनाउन लागेको धनगढी उपमहानगरले आजदेखि सुर्तीजन्य वस्तु र प्लास्टिक निषेध गरेको हो।

बजारमा उपभोग भएका सुर्ती, खैनी, जर्दा पान, पानपराग, गुट्खा, प्लास्टिकका वस्तु गिलास, कप, प्लेट, झोला नगर क्षेत्रको समस्याका रूपमा देखिएकाले यस्ता वस्तुलाई विस्थापित गर्न निषेध गरिएको धनगढी उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

Navadurga sun

धनगढी उपमहानगरले सार्वजनिक क्षेत्र, सडक, खोलानाला, नालीमा फोहर नफाल्न पनि नगरवासीलाई आग्रह गरेको छ । यस्तै सडकपेटीमा निर्माण सामग्री, ठेला, पसल नराख्न र जथाभाबी पशुचौपाया नबाँध्न पनि आग्रह गरिएको छ ।

खोलानालामा फोहर मैला फ्याँक्नेलाई पहिलो पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिबाना गरिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...