गोदावरी ६ का विभिन्न शाखा सडकहरु निर्माण कार्य सुरु

करिब साढे ८ किलोमिटर जती सडक कालोपत्रे गर्ने योजना छ : चुनकुमारी चौधरी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ का विभिन्न शाखा सडकहरु निर्माण कार्य सुरु भएको छ । वडाका विभिन्न शाखा सडकहरु निर्माणका साथै कालोपत्रे गर्ने कार्यको शुक्रबारबाट सुरु भएको हो । सोही वडाको कुटि बेहडा पुलसँग जोडिएको शाखा सडकको शिलान्यास गर्दै सुदूरपश्चिम प्रदेशकी पुर्व भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले निर्माण कार्यको सुभारम्भ गरेकी हुन ।

Navadurga sun

सडकको शिलान्याश पश्चात बोल्दै उनले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट छुट्याईएको बजेटबाट विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेको काम सुरु भएको बताईन । उनले वडामा करिब साढे ८ किलोमिटर जती सडक कालोपत्रे गर्ने योजना अनुसार बिनियोजित बजेट मध्ये हाल करिब ढाई किलोमिटर जती सडक कालोपत्रे हुने बताईन ।

यो बहुवर्षे योजना भएकाले बाँकी काम अरु आर्थिक वर्षहरुमा हुने चौधरीले बताईन । उनले वडाका विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेका लागी करिब ७ करोड रुपैया बिनियोजित गरीएको बताईन । ‘जनताहरुले बाटो पिँचको धेरै माग गर्नुभएको थियो, बाटो पिँच छैन भने विकाश भएको पनि देखिदैन’ उनले भनिन ‘त्यसैले वडाको विकाशका लागी र यहाँका जनताको मागको सम्बोधन गर्नका लागी मन्त्रालयबाट बजेट विनियोजीत भएको हो ।’ उनले आफु मन्त्रालयमा हुँदा विभिन्न बहुवर्षे योजनाहरु हालेको र सोही योजनाहरुको निर्माण कार्य सुरु भैरहेको बताईन ।

वडाका बडेहा र भुँयरा लगायतका टोलहरुका विभिन्न शाखा सडकहरु निर्माण तथा कालोपत्रेका लागी पुर्वाधार विकाश कार्यालय कैलालीले मिनु चन्द्रविकाश पिके जेभीसँग सम्झौता गरेको थियो । करिब ३ करोड ९५ लाखमा १८ महिनाभित्र काम सक्ने गरी पुर्वाधार विकाश कार्यालय सँग सम्झौता भएको ठेकेदार महेश कुमार महराले बताए ।

उनले सम्झौता अनुसार बडेहा र भुयँरा लगायतका विभिन्न टोलका करिब ७, ८ वटा सडकहरु निर्माण तथा कालोपत्रेको काम गरिने बताए । उनले बाटोको क्षेत्रफल करिब १० मिटर रहने र त्यसमध्ये साढे ५ मिटर जती कालोपत्रे गरीने बताए । उनले सम्झौता अनुसार मानव बस्ती बसेको क्षेत्र तथा आवश्यक परेको स्थानमा आरसिसि नाली पनि निर्माण गरिने बताए । उनले समयावधी १८ महिनाको भएपनि अवरोध नभए ६ देखी ७ महिनाभित्रै काम सिध्याउने लक्ष्य रहेको बताए ।

त्यस्तै स्थानिय बहादुर रानाले यस्तो किसिमको बिकासले आफु निकै नै खुसी भएको कुरा बताउँदै यस्तो किसिमको बिकास चाँडो भन्दा चाँडो होस भदै सम्बन्धीत निकायले यस्तो किसिमको राम्रो काम गरेकोमा प्रसन्सा समेत व्यक्त गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...