बाइस वर्षमा पनि खुलेन सटही काउन्टर

बैतडी- नेपाल–भारत सिमाना झुलाघाटमा रहेको सटही काउन्टर २२ वर्षदेखि बन्द रहेको छ। सटही काउन्टर बन्द हुँदा व्यापारीलाई चर्को कमिसन दिएर नेपाली मुद्रा साट्न स्थानीयवासी बाध्य छन्। झुलाघाटमा महाकाली भन्सारसँगै रहेको सटही काउन्टर नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वको समय २०५७ सालमा बन्द भएको थियो।

शान्ति प्रक्रियापछि महाकाली भन्सार कार्यालय स्थापना भए पनि सटही काउन्टर स्थापना गरिएको छैन। सटही काउन्टर नहुँदा स्थानीयले समस्या भोग्नुपरेको स्थानीय रघुवीर थापाले बताए । व्यापार, व्यवसाय र उपचार लागि नेपालबाट भारत जाँदा पाँच प्रतिशत कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ। आतपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्दा पाँच प्रतिशत कमिसन दिएर मुद्रा साट्नुपर्ने बाध्यता रहेको बताइन्छ।

Navadurga sun

राष्ट्रिय वाणिज्य बैङ्क बैतडीमा म्यानेजर पुरुषोत्तम लेखकका अनुसार सीमा नाकामा सटही काउन्टर स्थापना भए राम्रो हुने बताए । पहिलाको सटही काउन्टर राष्ट्रिय वाणिज्य बैङ्कमार्फत सञ्चालन भएको थियो। यद्यपि भारतीय मुद्रा आवश्यक परेका सेवाग्राहीलाई वाणिज्य बैङ्कले एटीएम सेवाबाट जुनसुकै बेला पनि १० हजार रुपियाँसम्म साट्न सक्ने सेवा उपलब्ध गराएको छ।

१० हजार रुपियाँ साट्दा करिब २५३ रुपियाँ मात्रै सेवा शुल्क लाग्ने गरेको छ। बैङ्क समयमा काउन्टरबाट सेवा लिए १.५ प्रतिशत शुल्क लिएर भारतीय मुद्रा उपलब्ध गराइँदै आएको बैङ्कले जनाएको छ। भारतबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुने गरे पनि सीमा नाकामा सटही काउन्टर नहुँदा नेपाली व्यापारीले समस्या भोग्नुपरेको गुनासो लिएर भन्सार कार्यालयमा आउने गरेको झुलाघाट भन्सार कार्यालयले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...