

धनगढी-नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन् । मंगलबार भएको संघको प्रदेश साधारण सभा तथा दोस्रो अधिवेशनबाट गौतम अध्यक्षमा चयन भएका हुन् ।



संघको उपाध्यक्षमा तिर्थराज कलौनी, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सह-सचिवमा ठक्कर बोकटी, कोषाध्यक्षमा डम्मरी पनेरु चयन भएका छन् । त्यस्तै संघको सल्लाहकारमा प्रदेश आयुर्वेद्ध चिकित्सालयका निमित्त निर्देशक डा. खगेन्द्र बम, दीपकराज पन्त र डा. दुर्गाप्रसाद ढुङ्गाना चयन भएका बताइएको छ ।


त्यसैगरी सदस्यहरुमा रमेश पाण्डेय, बसन्तबहादुर धामी, शेषकान्त राना, विनोद कन्जाडे, हरिद्वारी कठरिया, गौतम ऐर, काशीराम डंगौरा, ध्रुवबहादुर विष्ट र दिनेशकुमार खडका चयन भएका छन् ।