महाकाली नगरपालिकामा आज शोक बिदा

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाले आज शोक बिदा दिएको छ । २४ गते राती परेको अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीका कारण महाकाली नगरपालिका वडा १ देखि ४ सम्मका विभिन्न ठाउँमा व्यापक धनजनको क्षेति भएको घटनाले नगरपालिकालाई स्तब्ध बनाएको जनाएको छ । नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै महाकाली नगरपालिका मातहतका कार्यालय, तथा शिक्षण संस्था कार्यालयहरू आज बन्द गरेको जनाएको छ ।

महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिरद्धारा हस्ताक्षरित पत्रमा मृतक प्रति संवेदना प्रकट गर्दे नगरपालिका नगर कार्यपालिकाको आइतबार बसेको बैठकले २७ गते नगरपालिका मातहतका कार्यालयहरू बन्द गरी सार्वजानिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

Navadurga sun

साथै नगरपालिकाले एक हप्तासम्म विद्यालय बन्द भएका शिक्षक तथा कर्मचारीहरुलाई उद्धार राहात र पुनस्थापना कार्यमा खटिन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक तथा निजी सम्पती धनजनको थप क्षेति हुन नदिन अझै सतर्कता अपनाउन नगर बासीहरुमा अनुरोध समेत गरेको छ ।

महाकाली– ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल पनि बगाएको छ ।  बाढीपहिरोमा दुई विद्यालय भत्किएका छन ।  महाकाली नगर क्षेत्रको पन्डोरास्थित भुवनेश्वरी आधारभूत विद्यालय पन्डोरा र बंगाबगडस्थित दशरथनगर आधारभूत विद्यालयमा क्षति पुगेको हो ।

त्यस्तै, डुङरीस्थित दार्चुला बहुमुखी क्याम्पसको आवासगृह पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । रातिको बाढीले दार्चुला–तिंकर सडक छेउमा पार्किङ गरिएका जिप पनि बगाएको छ । ६ बोलेरो, एक ट्र्याक्टर, ग्वालेक निर्माण सेवाको एउटा क्रसर मेसिन र एउटा जेसिभी बगाएको छ । महाकाली र नौगाडमा गरी दुई सय ६३ पशुचौपाया मरेका छन।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...