

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले विगत माझै यस वर्ष पनि संविधान दिवस तीन दिनसम्म मनाउने भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्ष रहेको मूल समारोह समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको मुख्यमन्त्री भट्टको सचिवालयले जानकारी दिएको छ ।



दिवस भब्यरुपमा मनाउन प्रचारप्रसार, सरसफाइ तथा झन्डा फेर्ने, दीप प्रज्वलन तथा दीपावली, र्याली तथा झाँकी, सलामी, वृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम लागि उपसमिति पनि गठन गरिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले बताए ।


लामो समयको संघ्रर्षपछि संविधान सभाबाट जारी गरिएको नेपालको संविधान २०७२को वार्षिकोत्सव रूपमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।