डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्ट ,अरू को जिते ?

डडेल्धुरा- डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्विजराज भट्ट विजयी भएका छन्। भोजराज भट्टलाई ९५ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन्। उनले ५७७ मत पाएका छन्। उनका प्रत्यासी भोजराज भट्टले ४८२ मत पाए।

यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक महता ६११ मत पाउदै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी लालमणी पन्तले ३९९ मत पाए। वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी ६११ मत पाउदै विजयी भएका छन् भने महादेव भट्टले ३६३ मत पाए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महासचिवमा विष्णुराज जोशी६४४ मत पाउदै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद पनेरुले ३६९ मत पाए। सचिव महिलामा मिना फुलारा ६५७ मत पाउदै विजयी हुँदा लक्ष्मी ऐरले ३३४ मत पाइन्। निर्वाचन समितिका अनुसार सदस्यमा ७०३ मत ल्याउदै हरिप्रसाद उप्रेती, ६९६ मत ल्याएका सीताराम पाण्डेय र ६७६ मत ल्याएर धर्मदेव पाण्डेय विजयी भएका छन्।

यस्तै मोहनबहादुर देउवा ६७२, धनबहादुर ठकुराठी ६५१, लोकराज पाण्डेय ६३५ र टेकराज ओझा ६१७ मत ल्याएर सदस्यमा विजयी भएका छन्। सात जना सदस्यका लागि नौं जना चुनावी मैदानमा थिए। ५३५ मत ल्याएका गणेश साँकी र ६१३ मत ल्याएका सुनिल घिमिरे पराजित भएका छन्। संघमा एक हजार २९४ सदस्य रहेकोमा एक हजार ८८ मत खसेको थियो।

निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान छ।

No photo description available.

Loading...