सुदूरपश्चिम प्रदेशमा एक खर्ब ३५ अर्ब ऋण लगानी

अत्तरिया- सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा आउने निक्षेप (नगद) घटेको छ । निक्षेप घटेपछि बैंक तथा वित्तीय संस्थाहरुको ऋण दिने क्षमतामा कमी आएको हो ।

२०७८ चैत मसान्तसम्म प्रदेशभित्र सञ्चालिक ‘क’ वर्गका ३ सय ५ वटा वाणिज्य बैंकका शाखाबाट ९६ अर्ब निक्षेप संकलन भएको देखिएको छ । सो अवधिसम्म कर्जा लगानी भने एक खर्ब ३५ अर्ब पुगेको छ । सुदूरपश्चिममा सञ्चालित वाणिज्य बैंकहरुले अन्य क्षेत्रबाट निक्षेप लिएर ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

निक्षेप संकलनमा आएको कमीले प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले ५/६ महिनासम्म अझै कर्जा लगानी गर्न सकिने अवस्था नदेखिएको बैंकरहरुले बताएका छन् । अन्य क्षेत्रबाट निक्षेप लिएर भएपनि सुदूरपश्चिममा कर्जा प्रवाह बढेको नेपाल बैकर्स एशोसियन सुदूरपश्चिम प्रदेश च्याप्टरका सदस्य सचिव दिवाकरदत्त जोशीले बताए । ‘चैत महिनासम्म ९६ अर्ब मात्र यहाँ सञ्चालित वाणिज्य बैंकहरुले निक्षेप संकलन गरेको देखिन्छ भने एकसय ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ’ उनले भने, ‘३९ अर्ब रुपैयाँ बाहिरबाट निक्षेप ल्याएर बैंकले सुदूरपश्चिममा लगानी गरेको देखिएको छ ।’ हिजो सुदूपश्चिमबाट संकलित निक्षेप अन्त लगानी हुने गरेको थियो भने अहिले सुदूरपश्चिमबारबाट संकलन भएको निक्षेप यहाँ लगानी भइरहेको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशभित्र वाणिज्य बैंकका ३ सय २४, विकास बैंकका ४७, वित्तीय कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४ सय ४८ गरी कूल ८ सय २५ शाखा कार्यालय विस्तार भएको देखिएको हो । सबैभन्दा बढी कैलालीमा तीन सय ६० र सबैभन्दा कम बाजुरामा २७ बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएको राष्ट्र बैंक धनगढीको तथ्यांक छ । सहर केन्द्रित बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय एकपछि अर्को गाउँगाउँमा विस्तार हुनेक्रम बढ्दै गएको हो ।

यहाँ सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढ्दै गएको देखिएपनि उद्योग, व्यापार र रोजगारीको अवस्था नभएकाले निक्षेप संकलनमा कमी आएको राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रबन्धक त्रिचन्द्र भण्डारीले बताए । ‘रोजगारी नभएकाले निक्षेप बढ्न सकेको छैन, रोजगारी बढाउन उद्योग विकास अपरिहार्य छ’ उनले भने ।

प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाका शाखा बाजुरामा २७, बझाङमा ३७, दार्चुलामा ३२, बैतडीमा ३८, डडेल्धुरामा ५२, डोटीमा ४६, अछाममा ५४, कैलालीमा ३६० तथा कञ्चनपुरमा १७९ पुगेको तथ्यांक छ । मुलुकमा तीन तहका सरकार निर्माणसँगै हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार बढेको सरोकारवाला बताउँछन् । अहिलेपनि अधिकांश बैंक तथा वित्तीय संस्था सहरमै केन्द्रित भएको देखिएको छ । प्रदेशमा बाहिरबाट निक्षेप लिएर लगानी भएको देखिनु लगानीका लागि सुदूरपश्चिम भर्जिन ल्याण्ड भएको विषयलाई दर्साएको बैकरहरु बताउँछन् ।

२०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा २०७८ असार मसान्तको तुलनामा कर्जा प्रवाह ५१ दशमलव ८१ प्रतिशतले वृद्धि भई एक खर्ब ४७ अर्व ४० करोड ७७ लाख पुगेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो कर्जा २४ दशमलव ९६ प्रतिशतले वृद्धि भएको थियो । निक्षेपसँगै कर्जा लगानी प्रदेशभित्र बढ्दै गएको हो । निक्षेप र कर्जाको अनुपात सबैभन्दा बढि कैलाली र सबैभन्दा कम बाजुरामा देखिएको छ । प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो २ वर्षको अवधिमा एक खर्ब १० अर्वको हाराहारीमा निक्षेप संकलन गरेको देखिएको छ ।

Loading...