मोहना नदीमा भेटियो पुरूषको शव

धनगढी- मोहना नदीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो।

उक्त शव सडेको अवस्थामा फेला परेको छ। शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवको पहिचान गर्न आफन्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...