कराँतेमा ब्ल्याक बेल्ट तथा विभिन्न प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरु सम्मानित

अत्तरिया- एभरेष्ट एकेडेमी डोजो अत्तरियाले सितेरियो कराँतेमा ब्ल्याक बेल्ट तथा विभिन्न प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई ब्ल्याक बेल्ट तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

Ganyapdhura gau

गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष तथा प्रवक्ता गोपाल दत्त भट्टको प्रमुख आतिथ्यमा सबै खेलाडीहरुलाई सम्मान तथा व्ल्याक बेल्ट वितरण गरिएको हो ।

Navadurga sun
Dadhaldhura pur

विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका प्रतियोगितमा पदक प्राप्त गरेका उदीयमान खेलाडीहरुलाई सम्मान गरिएको हो । सम्मान स्वरुप खेलाडीहरुलाई टीका, खादा तथा प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्ने खेलाडीहरुमा रोशन भाट, हरेन्द्र नाथ, सागर सिंह, आशिका पण्डित, आशिक पण्डित, पवन गोर्खाली, आनन्द विक, पुजा सुनार, करन गुप्ता, सागर विक, विष्णु विक रहेका थिए ।

साथै व्ल्याक बेल्ट प्राप्त गर्नेहरुमा सेकेण्ड डन ब्ल्याक बेल्ट प्राप्त गर्ने सागर सिंह, तथा फस्ट डन ब्ल्याक बेल्ट प्राप्त गर्नेहरुमा इशा गोर्खाली, ईश्वर साउँद, आशिका पण्डित, लक्ष्मी रोकाया, रमित सार्की, दिपेश जोशी, रोशन सुनार, लोक सार्की, पवन गोर्खाली, करन गुप्ता, किरण ऐर, राजेश दमाई, मिसन भण्डारी, विवेक भट्टराई, रिसब रोकाया, नरेश विक रहेका छन् ।

उक्त अवसरमा २०६७ साल देखि निरन्तर कराँते विकासका लागि मिहिनेत गरिरहेका कराँते प्रशिक्षक डम्मर साउँदलाई पनि सम्मान प्रदान गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...