सेनाको हेलिकोप्टरमा राहत बोकेर बाढीग्रस्त क्षेत्रमा मन्त्रीको टोली

कैलाली – दार्चुलाको बाढीपहिरो प्रभावित क्षेत्रमा राहत लिएर मन्त्रीसहितको टोली गएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, वनमन्त्री मानबहादुर धामी सहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा गएको हो।

नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रका लागि मन्त्री सहितको टोली उडेको छ। शुक्रबार रातिदेखिको अविरल वर्षासँगै दार्चुला महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो क्षति गरेको छ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। अझै १० जना बेपत्ता छन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ मा आंशिक क्षति पुगेको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्।

यस्तै, एउटा विद्यालय, विद्युतगृह, दुई वटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ्ग गरेर राखिएका ६ जिप, १÷१ कार, ट्याक्टर र जेसीबी पनि बाढीले बगाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...