बाजुराको स्याउ धनगढीमा…

धनगढी- बाजुराको अर्गानिक स्याउ धनगढी आई पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कायोन्यन इकाईको सहयोग र स्वामिकार्तिक खापर गाँउपालीका कृषि विकास शाखा सुई जिउला बाजुराको समन्वयमा उक्त अर्गानिक स्याउ धनगढी पुगेको हो ।

स्वामिकार्तिक–खापर गाउँपालिका बाजुराको कुनैपनी मिसावट नभई अर्गानिक स्याउ शनिवार धनगढी पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए । उनका अनुसार किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली कोरिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको पनेरुले बताए । किसानलाई बोटमा अनुदान दिएको कृषि ज्ञान केन्द्रले स्याउका कार्टुन र ढुवानीमा प्रति किलोग्राममा ३० रुपैयाँ दिएको पनेरुले बताए । ‘रेड डेलिसियस र ‘गोल्डेन डेलिसियस’ स्याउ धनगढी आएको हो।

किसानले ‘ए’ ग्रेडको ५० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४० रुपैयाँ प्रतिकिलोका हिसाबले बारीमै स्याउको मूल्य पाएको छन्, जिल्लाबाट २ सय क्विन्टल स्याउ धनगढी ल्याउने लक्ष्य रहेको धनगढीमा १सय ३० रुपैयाँका दरले प्रति किलो बिक्री गनुप्रर्ने फ्यूचर स्याउ कृषक समूह अध्यक्ष धन बहादुर रावलले बताए ।

उनका अनुसार साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली कोरिडोरबाट सुर्खेत–कोहलपुर , कैलालीको लम्कीमा केही स्याउ छोड्दै धनगढी आई पुगेको समेत रावलले बताए । स्याउ सँगै अन्य उत्पादनको बजारीकरण गरिनेछ । प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिने नीति बनाएको छ । त्यसले रोजगार पनि बढाउन् । स्याउ टिप्न सिम्ला जाने युवालाई बाजुरामा रोक्नु प्रर्ने समेत रावलले बताए ।

अझै स्याउ आउने क्रममा रहेको समेत रावलले बताए जानकारी दिए । जिल्लामा २ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको सबै स्याउ बजारसम्म ल्याउन सकिएको छैन । जसका कारण किसानले फलाएको स्याउ बारीमै कुहिने गरेको स्थानीय कोमला कुमारी शाहीले बताईन् । धनगढीमा स्याउ विक्रिकेन्द धनगढीको चौराहामा रहेको हिमाली होटेलमा रहेको होटल सञ्चालक सुरेन्द्र थापाले जानकारी दिए ।

Loading...