गोदावरी-६ मा निर्माण पुलको मन्त्री सोडारी र पूर्व राज्य मन्त्री चौधरीद्वारा संयुक्त उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ मा निर्माण गरिएको कुटीबडेहा पुलको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्धारा निर्माण गरिएको उक्त पुलको शुक्रबार प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारी र पुर्व राज्य मन्त्री चुन कुमारी चौधरीले सयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका हुन् ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोडारीले पुलले धनगढी संगै गोदावरीका वडा नम्बर ६, ७ र ८ जोड्नका लागि कोशेढुङ्गा सावित हुने बताए । उनले पुल निर्माणको काम समयमै सम्पन्न भएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले अहिले प्रदेश सरकारले धेरै काम तिव्र गतिमा अगाडी बढाइरहेको बताए । ‘अहिले प्रदेश सरकार कहाँ छ । कुन दुलोमा लुकेको छ । भनेर पनि टिप्पणी गर्ने गरिएको छ’ उनले भने ‘तपाई देखिरहनु भएको छ । प्रदेश सरकार यस्तै काम गरिरहेको छ। सरकार स्कुल बनाइरहेको छ, बाटो पिच गरिरहेको छ, जनताको सेवामा हामी लागिरहेका छौं उनले भने ।’

पुल उद्घाटन कार्यक्रममा बोल्दै पुर्व राज्य मन्त्री चौधरीले पुल निर्माण संगै अब पुल जोड्ने बाटोको पनि छिटै शिलान्यास गरिने बताईन् । उनले धनगढी जोड्ने मुख्य सडकमा पुल नभएकाले आफूले प्रदेश सरकारबाट पुलको योजना ल्याएको बताईन् ।

‘मैले जनताका बिचमा बोलेका काम निरन्तर पुरा गदै आईरहेकी छु । मैले आफूले बाचा गरेको भन्दा बढी काम गरेकी छु । जसको मुल्याङ्कन जनताले गर्ने नै छन’ उनले भनीन् ‘पंञ्चायत कालमै यो पुल परेको भएपनि त्यो अन्त लगियो । पहुचका आधारमा अन्त्य लगियो । अहिले आफू यस क्षेत्रबाट निर्वाचित भएपछि पुल बनायौ ।’ उनले यस क्षेत्रमा आफूले थुप्रै विकास निर्माणका काम अगाडी बढाएको बताईन् ।

पुलको २०७७ कार्तिक ५ गते प्रदेश सांसदको हैसियतमा चौधरीले शिलान्यास गरेकी थिइन् । २६.२० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त पुलको निर्माणका लागि २०७७ असार २९ गते एलबि एण्ड एबि बिल्डर्स प्रालि धनगढीले ३ करोड ५८ लाख २२ हजार १३८ रुपैयामा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार पुल निर्माणको म्याद २०७८ फागुन २३ गते रहेको थियो । पुल निर्माण अवधिमै सकिएको भएपनि ढिला गरि उद्घाटन गरिएको हो ।

Loading...