सामुदायिक सिकाई केन्द्रले मनायो ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

अत्तरीया– कैलालीको अत्तरियामा रहेको सामुदायिक सिकाई केन्द्रले ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको छ । सिकाई केन्द्र अत्तरियाले दुर्गालक्ष्मी नमुना माबिमा हाजिर जवाफ प्रतियोगिताको आयोजना गरी साक्षरता दिवस मनाएको हो । निम्न माध्यमीक बिद्यालय स्तरको हाजीर जवाफ प्रतियोगीता सञ्चालन गरिइएको हो ।

कार्यक्रम सामुदायक सिकाई केन्द्रका अध्यक्ष टिकादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती गोदावरी नगरपालीका १ का वडा अध्यक्ष गोपालदत्त भट्ट रहनु भएको थियो ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा गोदावरी नगर शिक्षा शाखाबाट प्रायाग राज जोशी, गोदावरी ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा नगरपालीका भित्रका ८ विद्यालयहरुको सहभागीता रहेको थियो । जसमा दुर्गालक्ष्मी मा.बी. अत्तरीया, गुह्येश्व्वरी मा.बी. वसन्तपुर, लक्ष्मी मा.बी. वुढितोला, घण्टेश्वर मा.बी. अत्तरीया, सरस्वती मा.बी. गेटा, हुर्गा मा.बी. हाटखोली, कृष्ण आधारभुत बिद्यालय तेघरी र सिद्धबाबा मा.बी. गेटी बिच प्रतिसपर्धा गरिएको थियो ।

उक्त प्रतियोगीतामा दुर्गालक्ष्मी नमुना मा.बी. बाट ईश्वरी सिंह र पारस रावल समुह प्रथम भएका छन् । दोस्रोमा दुर्गा मा.बी. हाटखोलीबाट ललीता क्षेडाल र जहरी साउँद, तेस्रोमा सिद्धबाबा मा.बी. गेटीबाट आयुसी पन्त र पवन पाण्डे र चौथोमा घण्टेश्वर मा.बी. अत्तरीयाबाट विवेक जोशी र स्मृती भण्डारी रहेका छन् । उनिहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य सामुदायक सिकाई केन्द्रका वरिष्ट सदस्य भिम बहादुर बलायरले गरेको कार्यक्रमको संञ्चालन गोमा ढकालले गरेकी थिइन ।

Loading...