


बैतडी- लागुऔषध चरेससहित प्रहरीले बैतडीमा दुई जना भारतीय नागरिक पक्राउ गरेको छ। भारतको बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन्। उनीहरूलाई ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।


बैतडी सदरमुकाम गोठलापानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चरेससहित पक्राउ गरेको हो। उनीहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

