विपद् न्युनीकरणमा सहकार्य गर्न आवश्यक : मन्त्री रावल

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा विपदको जोखिमयुक्त प्रदेशका रुपमा रहेको बताएका छन् । धनगढीमा मंगलबार  सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको परिदृश्यस् भूकम्पमा आधारित प्रभाव आंकलनु कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश जोखियुक्त रहेकाले भूकम्पको मात्रै नभई विपद सम्बन्धी सचेतना मुलक कामहरु अगाडि बढाउन आवश्यकता रहेको बताए ।

Dadeldhura hospital

सुदूरपश्चिम तराई, चुरेदेखि लिएर महाभारत लगायत हिमालय महत्वपूर्ण भएपनि त्यहाँ भएको भूबनोट संरचनाहरु जोखिमपूर्ण रहेका विपदबारे गम्भिर भएर अगाडि बढनुपर्नेमा जोड दिए । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही स्थानीय तहले विपद सम्बन्धी कामहरु गर्दै आएको उनले बताए । सूचाकका आधारमा केही किसानको बिमा समेत गरेकोे भन्दै उनले चालु आर्थिक वर्षसम्म १३ हजार समूहलाई बिमीत गर्न तयारीमा रहेको उनले बताए ।

Godawari sandesh
Navadurga sun

अब घर बनाउँदा माटो परिक्षण गरेर मात्रै भवन निर्माण गर्नुपर्ने उनको भनाइ छ । विपदलाई न्युनीकरण गर्ने तिनै तहको सरकारले समन्वय गरेर अगाडि बढनुपर्ने उनले बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताए । भकम्पबाट बच्चको लागि पूर्वतयारीमा जुटन स्थानीय तहलाई आग्रह गरे ।

अब बन्ने नयाँ भवन निर्माण गर्दा भूकम्परहित बनाउनुपर्ने उनले बताए । भवन निर्माण गर्दा गुणस्तरीय सामान प्रयोग भएको छ कि छैन चेकजाँच गर्नुपर्ने उनको भनाइ छ । भुकम्प रहित कार्यक्रम गरेर जनचेतना फैलाउनुपर्ने उनले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल रहेका थिए ।

Loading...