अत्तरिया- मंसिर ४ गते हुने संघ र प्रदेश को निर्बाचनको लागि नेकपा एमाले ले कैलाली क्षेत्र नम्बर ४ बाट इच्छुक उम्मेदवारहरु संग नाम माग गरेको छ ।






प्रदेश क्षेत्रीय समन्वय कमिटीले आइतबार आयोजना गरेको कार्यक्रममा प्रदेश “ख“ बाट प्रदेश साँसद को लागि झन्डै १० जनाले आकाँक्षा राखेका छन् ।





प्रदेश “ख“ को लागि प्रत्यक्ष मा हरि सिँ साउँद, मान बहादुर रावल, कृष्णराज सुवेदी, दामोदर रिजाल, धन बहादुर रोका, राम शाह, खम्ब बुढा, हरि फुलारा, किसन साउँद “बिशाल“, खेमा देबी साउँद लगायतले उम्मेदवार बन्ने इच्छा जाहेर गरेका छन् । प्रदेश ’ख’ अन्तर्गत गोदावरी नगरपालिका र चुरे गाउँपालिका पर्दछन् । इच्छुक उम्मेदवार बिच छलफल भैरहेको जनाइएको छ।




