बाँदरको आक्रमणबाट आमाछोरा घाइते

बैतडी- बाँदरको आक्रमणबाट आमाछोरा घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका- ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मणलाई आइतबार बिहान बाँदरले आक्रमण गरी घाइते बनाएको हो ।

Dadeldhura hospital

मकैको रेखदेख गर्न आफ्नै बारीमा रहेका आमा छोरालाई बाँदरले आक्रमण गरी घाइते बनाएको स्थानीय हरिश साउदले जानकारी दिए । घाइते दुवैको पुर्चौडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Godawari sandesh
Navadurga sun

आमाको पाखुरा, घाँटी, अनुहार र ढाडमा चोट लागेको छ भने, छोरा लक्ष्मणको पनि खुट्टा र पेटमा चोट लागेको उपचारमा संलग्न हाट स्वास्थ्य चौकीका अहेव दिपेन्द्र धामीले बताए ।

Loading...