कैलालीमा तलाउमा डुबेर एक जनाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा तलाउमा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको टिकापुर नगरपालिका–२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका–८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको मृत्यु भएको हो।

शनिबार दिउँसो उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...