कञ्चनपुरमा निषेधाज्ञा जेठ ७ गतेसम्म लम्बियो (सुचना सहित)


कञ्चनपुर, २९ बैशाख- कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कञ्चनपुरले जेठ ७ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्त सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।


विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।



कञ्चनपुरमा अब तरकारी बजार बन्द गरि आईतवार र बुधबार घुम्ती सेवाबाट तरकारीको सेवा उपलब्ध गराउने जनाएको छ । यस्तै जिल्लामा खाद्य बस्तुका पसल/व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजे सम्म जनस्वास्थ्य र मापदण्डको पूर्ण रुपमा पालन गर्नेगरी संचालन गर्न सकिने छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश: 




