बुधबार सुदूरपश्चिममा २६९ जना निको, ८५७ जनामा कोरोना पुस्टि, १४ जनाको मृत्यु

Dadeldhura hospital

धनगढी, २९ बैशाख- बुधबार सुदूरपश्चिमा २६९ जना संक्रमित निको भएका छन् । सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १५३३ नमूना पीसीआर तथा ६०४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २१३७ नमूना परीक्षण गर्दा ८५७ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण गर्दा ७४७ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११० जना संक्रमित फेला परेका छन्।
सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३५० जनाको नमूना परिक्षण गर्दा थप ८१८ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जना, महाकाली अस्पतालमा १९४ नमूना परीक्षण गर्दा १३३ जना, डडेल्धुरा अस्पतालमा ११० नमूना परीक्षण गर्दा ४६ जना, डोटी अस्पतालमा ६ नमूना परीक्षण गर्दा ३ जना, बैतडी अस्पतालमा ३७४ नमूना परीक्षण गर्दा १४६ जना, बझाङ्ग अस्पतालमा १७९ नमूना परीक्षण गर्दा ७७ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८९ हजार २२९ नमूना परीक्षण गर्दा २६ हजार ५ सय ४३ जनामा संक्रमण फेला परेको छ।
प्रदेशभर संक्रमण पुस्टि भएका १५ हजार ३ सय ९४ जनाले कोरोना जितेका छन् ।
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिगत २४ घण्टामा कैलालीका १० जना र कञ्चनपुरका ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

Loading...