सुदूरपश्चिममा आज सार्वजनिक बिदा

Dadeldhura hospital

धनगढी- सुदूरपश्चिममा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको जनाएको छ। आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ। सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ।

 

Godawari sandesh
Navadurga sun
Loading...