अत्तरिया बजार व्यवस्थापनका लागी कार्यदल गठन

देवकोटाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल चयन

अत्तरिया- कैलालीको अत्तरिया बजार व्यवस्थापनका लागी कार्यदल गठन गरिएको छ । बिहिबार गोदावरी नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले बजारको व्यवस्थापन र यहाँका ठेलाछाप्राहरुको नियन्त्रणका लागी कार्यदल गठन गरेको हो ।

कार्यदलको संयोजकमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा चयन भएका छन । बैठकले देवकोटाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल चयन गरिएको हो ।

Navadurga sun

कार्यदलको सदस्यहरुमा अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी कामी, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरिक्षक मिन बहादुर साउँद, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक रण बहादुर बिष्ट, होटल व्यवसायी संघका प्रतिनिधि रविन्द्र खड्का र ठेला व्यवसायीका प्रतिनिधि चन्द्र प्रसाद न्यौपाने रहेका छन ।

त्यसैगरी वडाबाट प्रतिनिधित्व हुने गरी वडा नं. १ का वडासदस्य गम्भीर साउँद र वडा नं. २ का वडासदस्य देवराज भट्टलाई पनि कार्यदलमा राखिएको छ । कार्यदलले एक हप्ता भित्रै बजारका ठेला छाप्रा व्यवसायीहरुलाई हटाउनुका साथै बैकल्पीक रुपमा निश्चित स्थानको खोजी गर्ने कार्य गर्ने नगरप्रमुख विरेन्द्र भट्टले बताए ।

कार्यदलले खोजेको स्थानमा ठेला व्यवसायीहरुलाई व्यवस्थापन र नियन्त्रण गर्न नगरपालिकाले पहल थाल्ने नगर प्रमुख भट्टले बताए ।

बजारमा जथाभावी रुपमा राखिएका ठेला छाप्राहरुका कारण बजारको सुन्दरता हराएको र दुर्घटनाको जोखिम बढेको उनको भनाई छ । उनले दशै तिहार पनि नजिकै आईरहेको र त्यो समयमा बजारमा अझ बढी भिडभाड हुने भएकाले त्यसभन्दा अगाबै नै बजार व्यवस्थापनको कार्य सुरु गरिएको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...