अत्तरिया- कैलाली अत्तरियामा रहेको गोदावरी नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना जारी गरेको छ । गोदावरी नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका निर्माण सामग्रीहरुका साथै पसल, फुटपात पेटी किनारामा निर्माण गरिएका टिनको छानो (पाली) र सडकपेटीमा राखिएका मालसमान हटाउन सूचना जारी गरेको हो ।


नगरपालिकाले सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै यहि भदौ १७ गते शुक्रबार देखि ७ दिन भित्र हटाई बजार व्यवस्थापन कार्यमा सहयोग गरिदिनहुन अनुरोग गरेको छ ।



साथै नगरपालिकाले सडकपेटिमा ठेलागाडा नराख्न पनि आग्रह गरेको छ । सूचनामा भनिएको छ कि फोहरमैला व्यवस्थापन पहिला आपैmबाट सुरु गरी सुन्दर अत्तरिया शहर बनाउने अभियान सफल बनाउन सहयोगको लागि अपिल गरिएको छ ।
त्यस्तै जथाभावी फोहोरमैला फालेको देखिएमा र बजारमा रहेका ठेलागाडाहरु ल्याउँदा र लैजादा बाहेकको समयमा सडकपेटीमा राखी व्यापार गरेको पाइएमा ठेलागाडाहरुलाई नियमानुसार कार्वाही गरी माल समान समेत जफत गरिने सूचनामा उल्लेख गरिएको छ ।
