सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको बिदा कटौती

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको दशौं अधिवेशनलाई केन्द्रित गरी गौरा पर्वको बिदा कटौती गरेको छ।  प्रदेश सभामा प्रक्रियामा रहेका विधेयकलाई हतारमा पारित गराउन र अधिवेशन अन्त्य गर्न १७ गते घोषणा गरिएको बिदा कटौती गरेको हो।

भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो।  तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा झिकिएको जनाएको छ।

Navadurga sun

यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको बिदा समेत झिकिएको जनाइएको छ।

Sudur Paschim1662003772.jpg

ADD Khali jpg
ADD Khali jpg
Loading...