धनगढी- नेपाली काँग्रेसले कैलाली-४ मा आसन्न संघ र प्रदेश निर्बाचनको लागि उम्मेदवारहरुलाई निवेदन दिन आह्वान गरेको छ। संघ र प्रदेसमा उम्मेदवार बन्न इच्छुकले मंगलबार र बुधबार (भोली) निवेदन दिन सक्ने नेपाली काँग्रेस क्षेत्र नम्बर ४ ले सूचना मार्फत जानकारी गराएको छ ।


निवेदन दिन काँग्रेस केन्द्रले कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । तर केन्द्रको निर्देशन बिपरित यस क्षेत्रमा काँग्रेसले संघको उम्मेदवार बन्न २५ हजार शुल्क तोकेको छ ।



त्यस्तै केन्द्रमा समानुपातिक उम्मेदवार बन्न २० हजार रुपैयाँ शुल्क तोकेको छ । प्रदेश ’ख’ मा उम्मेदवार बन्न १५ हजार रुपैयाँ र प्रदेशमा समानुपातिक उम्मेदवार बन्न १० हजार रुपैयाँ तोकिएको छ । संघिय सांसदको लागी केही बेर अघि निबेदन दिएका उम्मेदवार प्रकाश बमले पैसा नतिरेसम्म उम्मेदवारी नै दर्ता नहुने जवाब पाएको बताए ।
बमले भने- ’क्षेत्रिय सभापतीलाई मैले नि भनेको हुँं तर उँहाले पार्टी केन्द्रले मिटिङ बसेर केही निणर्य भए रकम फिर्ता हुने बताएका छन् । तर अहिले पैंसा नतिरे सम्म उम्मेदवारी निबेदन नै लिएका छैनन् । मैले २५ हजार तिरेर निबेदन दिएर आएको छु ।’
काँग्रेस क्षेत्र नम्बर ४ का सचिब जयराज फुलाराले यो उम्मेदवारी शुल्क भन्दा पनि पार्टी कार्यालय संचालनको लागि सहयोग मागिएको बताएका छन् ।





