बडीमालिकाको पर्यटन प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक

Dadeldhura hospital

बाजुरा– बाजुराको धार्मिक तथा पर्यटकिय क्षेत्र बडीमालिकाको प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक गरिएको छ । लामो समयदेखि बडीमालिकाको प्रचारमा लागिरहेको साइकल यात्री भरतविक्रम शाहको अगुवाइमा बनेको उक्त वृत्तचित्र मंगलबार सार्वजनिक गरिएको हो ।

धार्मिक पर्यटनलाई लक्षित गरेर निर्माण गरिएको वृत्तचित्र फारवेस्टर्न राइडर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । वृत्तचित्रमा बडीमालिकाको परिचय, धार्मिक महत्व र पर्यटकिय सम्भावनाका बारेमा जानकारी दिइएको छ । उक्त वृत्तचित्रले पर्यटन प्रवद्र्धनमा महत्वपूणर् भूमिका खेल्ने विश्वास गरिएको शाहले बताए ।

Godawari sandesh
Navadurga sun
Loading...