कैलालीमा ८८ हजार नगद सहित १० जना जुवा खेलाडी पक्राउ

Dadeldhura hospital

धनगढी– कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानी बजारबाट १० जना जुवा खेलाडी पक्राउ परेका छन् । सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए । पक्राउ परेकाहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताइएको छ । उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...