
कञ्चनपुर– कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतबाट २०७१ चैत्र १० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरीवाना फैसला भई फरार रहेका चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ बस्ने २८ वर्षीय जगदिश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए । जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

