माता तिर्थऔंसीको अवसर पारी थ्रिडिभिएल क्रियसनद्वारा विभिन्न ठाउँमा सहयोग

अत्तरिया, २८ बैशाख- माता तिर्थऔंसीको अवसर पारी थ्रिडिभिएल क्रियसनद्वारा विभिन्न ठाउँमा सहयोग गरिएको छ । सामाजिक क्षेत्रमा अग्रसर रहि काम गर्दै आएको संस्थाले आज (मंगलबार) विभिन्न क्षेत्रमा सहयोग गरेको हो । सामाजिक अभियानता यशोदा भट्ट र एल आर ओझाको अगुवाइमा सहयोग गरेको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

बर्दघाट नगरपालिका वडा नं. ४ बर्दघाट नवलपरासीबाट रुपिन हमाल ठकुरी र धनगढी उपमहानगरपालिका वडा नं. २ पुरानो भन्साररोड बस्ने जयराज ओझाको आर्थिक सहयोगमा धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालमा रहेका अनाथ बालबालिका तथा मानसिक सन्तुलन गुमाएका करिब ४६ जनाका लागि एक छाक खानाका साथै राहत सामग्री जस्मा मासको दाल ५ केजी, चना ५ केजी, सरफ (निरमा) ९ केजी, साबुन २ दर्जन, सोयाबिन १० प्याकेट, हारपिक, फिनायल १०/१० पिस, खाने तेल ६ लिटर लगायतका सामान हस्तान्तरण गरिएको हो ।

Dadeldhura hospital

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १३ चन्द्र टोलको सडकमा बिगत लामो समय देखी बसोबास गर्दै आएका भजन सिंह साउद, अन्दाजी ५१ बर्ष उमेरका ब्याक्तीलाई केहि दिनलाई खान पुग्नेगरि चामल, दाल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण समेत गरिएको छ । भजनको विगतका कुरा गर्ने हो भने भजन बालक हुँदै आमा बितिन्, दिमागी समस्याले ग्रस्त भएका बुबा उपचार नपाएरै बितेका थिए ।

जेठो दाइले पनि उमेर नपुग्दै संसार छाडे । यी र यस्तै पीडाबाट विक्षिप्त भएर जन्मस्थान डोटीको जोरायल छाडेर कैलाली झरेका भजनले बाल्यकालकै आमा र बुबाको मृत्यु भएकोले आमाबुवाको माया पाउनबाट समेत बन्चित भएको भजनले सुनाए । भजनले भाव विह्वल मुद्रामा भने, ‘आमा, बुबा र दाइको मायाले सताउन थालेपछि डोटी छोडेर यहाँ आएको हुँ ।’ परिवारमा कोही नभएपछि उनी केही वर्षसम्म आफन्तका घरमा काम गरेर पेट पाल्दै आए । त्यसरी अर्काको घरमा काम गरेर गाउँमा रुची भएन उनलाई गाउँ छाडेर आजभन्दा २० वर्ष अगाडि भजन कैलाली झरेका थिए ।

कैलाली आएर पनि उनी लामो समय युवा अवस्था अरुको खेतबारीमा काम गरेरै जीविकोपार्जन गरे । अहिल आएर शरीर कमजोर हुँदै गयो । गाह्रो-गह्रो काम गर्न नसक्ने भए अनि अहिले झुपडीको बास हुन पुग्यो ।

Loading...