धनगढी– धनगढीमा श्रम बजार सूचना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार धनगढीमा स्टाब्लिसिङ एन इम्प्लोयर लेड मार्केट सेक्रेटरेट परियोजनाले कार्यशाला आयोजना गरेको हो ।
कार्यशालामा गोष्ठीमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा कस्तो सीपयुक्त र कति जनशक्ति चाहिन्छ भनेर गरिएको नमूना सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको थियो ।

कार्यशाला गोष्ठीमा प्रदेश सरकारका उद्योग पर्यटन मन्त्री मानबहादुर धामी, मन्त्रालयका सचीवहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीको सहभागीता रहेको थियो ।
