नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कुँवर

धनगढी– नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा धिरज कुँवर निर्बिरोध निर्वाचित भएका छन् । महासंघको दोश्रो प्रदेश अधिवेशनले कुँवरलाई अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

महासंघको उपाध्यक्षमा चक्र मल्ल, महासचिवमा शंकर बोहरा, सचिवमा पाण्डव पुजारा, महिला सचिवमा सुनिता बिक, कोषाध्यक्षमा निराजन परियार, सह कोषाध्यक्षमा सुदिप थापा निर्बिरोध निर्वाचित भएका छन् । सोमबार धनगढीमा भएको दोश्रो अधिवेशनले सदस्यहरुमा प्रेम जोशी, समिर भट्ट, मोहन पनेरु, रिदम सिहं, योगेन्द्र नायक, रमेश खत्री र दिनेश महरालाई निर्बिरोध निर्वाचित गरेको छ ।

Navadurga sun

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा बानका केन्द्रिय कोषाध्यक्ष तथा महासंघ सुदूरपश्चिम सचिव हरि जोशी, महासंघ कैलाली अध्यक्ष हिमाल जोशी, नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बिक्रम सिहं, प्रेस चौतारी सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठक लगायत अतिथिहरुको उपस्थिती रहेको थियो ।

नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव शंकर बोहराले सञ्चालन गरेको कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ कैलालीका अध्यक्ष दिनेश बिष्टले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा प्रदेश भरीमै कैलाली जिल्ला फोटो पत्रकार महासंघ उत्कृष्ट भएको भन्दै प्रदेश महासंघले सम्मान पनि गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...