कञ्चनपुरमा खैरो हेरोईनसहित ३ युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा खैरो हेरोईनसहित ३ युवक पक्राउ परेका छन् । आइतबार बेलौरी नगरपालिका वडा नं. १० भुडा चौराहाबाट उनीहरु समातिएका हुन् ।

Dadeldhura hospital

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०११० प ३१९९ मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका वडा नं. १ बस्ने २८ वर्षीय कालुराम राना, पछाडि सवार अन्दाजी २४ वर्षीय अशोक कार्की र अन्दाजी २९ वर्षीय जनक धामीलाई समातिएको हो ।

Godawari sandesh
Navadurga sun

उनीहरुलाई चेकजाँच गर्दा जनकको साथबाट कालो र रातो प्लाष्टिकको थैलीभित्र दुई ओटा पोकामा कट्टुको वायाँ खल्तिमा लुकाएर राखेको अवस्थामा १.६८ ग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...