कैलालीको धनगढीमा तीज पर्वको अवसरमा शिक्षिका तीज नृत्य प्रतियोगिता

धनगढी- उपभोक्ता अधिकारबारे आम उपभोक्ताहरूमा जागरण बढाउने उद्देश्यसहित धनगढीमा उपभोक्ता जागरण अभियान तथा प्रथम धनगढी शिक्षिका तीज नृत्य कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रमको प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक समारोहबीच उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा राज्यमन्त्री रैकाले प्रदेश सरकारले बजार अनुगमन कार्यलाई अझ बढी प्रभावकारी बनाउन ठोस कार्यक्रम ल्याउने बताए । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मी, प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्रबहादुर शाह लगायतले उपभोक्ताहरू स्वयं जागरूक भएपछि मात्रै वस्तु र सेवामा ठगिने अवस्थामा कमी आउने चर्चा गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा धनगढीमा रहेका १२ वटा संस्थागत विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा ब्राइट वे बोर्डिङ स्कुल प्रथम, थ्री स्टार बोर्डिङ स्कुल द्वितीय र डिस्कभरी बोर्डिङ स्कुल तृतीय भए ।

प्रतियोगितामा विजेता ब्राइट वे स्कुलले २० हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने द्वितीय स्थान प्राप्त गरेको थ्री स्टारले १० हजार १ सय र तृतीय स्थान प्राप्त गर्ने डिस्कभरी स्कुलले ५ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

सो अवसरमा विजेता टोली तथा सहभागीहरूलाई वरिष्ठ पत्रकार मनमोहन स्वार, उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Loading...