कैलालीको गोदावरी क्षेत्रमा लगाएका सोलार बत्ती लामो समय वितिसक्दा मर्मत हुनसकेन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा जडान गरिएका सोलार सडक बत्ती बिग्रिएको लामो सयम वितिसक्दा पनि मर्मत गरिएको छैन । उक्त वडामा जडान गरिएका आधा दर्जन सडक सोलार बत्ती मध्ये अधिकांस बिग्रिएका भएपनि मर्मत नगरिएको हो ।

गोदावरी नगरपालिका र वडा मार्फत पछिल्लो ५ बर्ष यता जडान गरिएका सोलार बत्ती जडान गरिएको केही समयमै बिग्रीएका थिए । तर तिनलाई पुनः संचालनमा ल्याउन चासो नदिदा अहिले प्रयोग बिहिन बनेका छन ।

Godawari sandesh
Navadurga sun

स्थानीय रत्ना महताले आफ्नो घर अगाडीको चोकमा जडान गरेको सोलार बत्ती जडान गरेको ६ महिना मात्रै बलेको बताईन् । उनले ३ बर्ष अगाडी जडान गरिएको सोलार बत्ती बिग्रेकै २ बर्ष बढी पुग्दा पनि मर्मत नगरिएको बताइन् । ‘सडकमा सोलार बत्ती जडान हुँदा चोक नै झिलिमिली भएको थियो’ उनले भनीन् ‘जडान भएको ६ महिनामै सोलार बत्ती बिग्रियो । मर्मतका लागि वडामा पटक-पटक आग्रह गर्दा पनि सुनुवाई भएन् ।

महताको घर नजिकै सुदूरपश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्रीको घर पनि रहेको छ । मन्त्रीकै घर अगाडीको सोलार बत्ती पनि मर्मतमा कसैले चासो नदिएको महताले बताईन् । सोलार बत्ती मर्मतका लागि मन्त्रीले पनि वास्ता नगरेको उनले बताईन । सो सोलार बत्ती संगै बास्कोटा पुलमा जडान गरिएको सोलार बत्ती पनि बिक्रीएको लामो समय बितिसक्दा पनि मर्मत गरिएको छैन ।

Dadeldhura hospital

बास्कोटाकै अर्को दल बहादुर चौधरीको पसल अगाडी जडान गरिएको सोलार बत्ती जडान गरिएको ४ बर्ष वितिसकेको छै । सुरुमा सो सोलार बत्ती राम्ररी बलेको भएपनि हाल भने आधा घण्टा मात्रै बल्ने गरेको चौधरीले बताए । उनले अध्यारो हुने बितिकै आफै बल्ने सोलार बत्ती आधा घण्टामै बन्द हुने गरेको बताए ।

सोलार बत्तीको ब्याट्रिको आयु सकिएकाले यस्तो समस्या आएको हुनसक्ने उनले बताए । उनले सडक सोलार बत्तिको मर्मतका लागि भने कसैले चासो नदिएको बताए । ‘बत्ति हुँदा चोक भिलिमिली हुने गरेको भएपनि अहिले चोकमा अन्धकार हुने गरेको छ’ उनले भने ‘अहिले चोरी घटना बढ्ने जोखिम पनि बढेको छ ।’ उनले सोलार बत्ती जडानका लागि सम्बन्धित निकायले चासो देखाउनु पर्ने बताए ।

वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले सडक सोलार बत्ती मर्मतका लागि आफूले नगरपालिकामा आग्रह गरेको बताए । ‘नगरपालिकाका अन्य ठाउँमा पनि सोलार बत्ति बिग्रिएकाले सबैको मर्मत गर्नको लागि मैले नगरपालिकामा जानकारी गराएका थिए’ उनले भने ‘म अहिले काठमाण्डौंमा भएकाले के भएको छ भन्ने पछिल्लो जानकारी पाएको छैन ।’ उनले सडकमा बिक्रिएका सोलर बत्ती मर्मत गर्न आफू प्रतिवद्ध रहेको बताए ।

नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले भने अहिले नगरपालिकाले सोलार बत्ती मर्मतका लागि प्राबिधिक बोलाई नसकेको बताए । ‘सडक बत्ती मर्मतका लागि अहिले भनेर प्राविधिक बोलाउने योजना छ । तर अहिले नै त्यो काम हुन सकेको छैन’ उनले भने ‘प्राविधिक बोलाएर हामीले सबैतिरका सडक बत्ति मर्मत गर्ने छौ ।’

उक्त सडक बत्ती पोपल टेक्सासले जडान गरेको थियो । कम्पनीले सोलार बत्ती जडान गरेको २ बर्ष सम्म मर्मत गर्ने सम्झौता गरेको भएपनि उक्त अवधि सकिएको छ । जडान गरिएको सोलार ब्याट्रीको ५ वर्ष वारेन्टी दिइएको छ ।

Loading...